बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदर्शनमा गोली लागेका लक्ष्मणलाई एक महिनाको उपचारपछि काठमाडौं रिफर गरियो

प्रदर्शनमा गोली लागेका लक्ष्मणलाई एक महिनाको उपचारपछि काठमाडौं रिफर गरियो

नेपालीको अवस्थाबारे गत सोमबार प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकाय र जेनजी टोलीले भेटेका थिए । जहाँ चिकित्सकले गोलीले मेरुदण्डमा असर गरेका कारण शरीर दीर्घकालीन रुपमा पनि यही अवस्थामा रहन सक्ने बताए ।


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०८२, शुक्रबार

पोखरा/‘मेरो सम्पत्ति भनेकै यही हो, कसरी हुन्छ यसलाई बचाइदिनुहोस । मलाई अरु केहि चाहिँदैन…’, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माँसगै लक्ष्मण नेपालीको आमाले भावुक भएर भनिन् ।

जेनजी प्रदर्शनको बिहीबार एक महिना पुग्यो । त्यही आन्दोलनमा गोली लागेका लक्ष्मण नेपाली बोल्न सक्दैनन, घाँटीदेखि तलको शरीरमा हलचल छैन । स्वरसमेत भासिएको छ । भेन्टिलेटरमा उपचाररत १८ वर्षीय नेपालीको अवस्थाबारे गत सोमबार प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकाय र जेनजी टोलीले भेटेका थिए । जहाँ चिकित्सकले गोलीले मेरुदण्डमा असर गरेका कारण शरीर दीर्घकालीन रुपमा पनि यही अवस्थामा रहन सक्ने बताए । उनै लक्ष्मणकी आमाले छोराको अवस्थाबारे बिलौना गर्दै थप उपचारको लागि काठमाडौं लगिदिन आग्रह गरेकी थिइन् ।

नेपालीलाई बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारको लागि काठमाडौंस्थित टिचिङ अस्पताल रिफर गरिएको छ । भदौ २३ गतेको प्रदर्शनमा गोली लागेर १९ जनाको निधन भइसकेपछि भोलिपल्टको आन्दोलनले हिंसात्मक रुप लिएको थियो । पोखरामा सरकारी कार्यालयदेखि व्यवसायीका घर र व्यापारिक प्रतिष्ठान निशानामा परे ।

प्रदर्शनकारीले हेभी इक्विपमेन्ट विभाबाट डोजर, रोलर झिकेर हिँडे ।रातिसम्म नै लुटपाट र आगजनी चलिरह्यो । त्यसकै निशानामा कास्की प्रहरीको कार्यालय पनि प¥यो । रातको करिब ९ बजेतिर प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा आगजनी ग¥यो । बर्दीहरु लुटिए । त्यसभन्दा अगाडि प्रहरीले कार्यालय जोगाउनको लागि प्रदर्शनकारीको सामना गरिरहेको थियो । सोही क्रममा गोली चलाउँदा लक्ष्मण घाइते भएका हुन् । भदौ २४ को राति जिल्ला प्रहरी कार्यालय जलाउन जाँदा आगलागीमा परेर घाइते बनेका विजय लामाको भने निधन भइसकेको छ ।प्रहरीको गोलीले घाइते बनेका लक्ष्मणलाई एम्बुलेसन्बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको थियो ।घाँटीको पछाडिबाट लागेको गोली अर्को ठाउँमा गएर अड्किएको थियो । तत्काल शल्यक्रिया सम्भव नभएका कारण भदौ २९ गतेमात्र गोली झिकिएको थियो । शल्यक्रियापछि पनि उनको शरीर सुधारोन्मुख नभइ स्थिर रहेको थियो ।

आइसीयूमा नै एक महिनासम्म उपचाररत रहेको नेपालीको अवस्थाबारे जिल्ला प्रशासनसहितको सुरक्षा टोलीले जानकारी लिएको थियो । सोही क्रममा रोदनसहित छोरालाई बचाइदिन भन्दै लक्ष्मणकी आमा भाव विह्वल बनेकी थिइन् ।कास्कीको मादी स्थायी घर भएतापनि उनीहरु पोखरा १३ मा बस्दै आएका थिए । नेपालीको घरको आर्थिक अवस्था बलियो छैन । आमाले नै मेलापात र ज्याला गरेर छोराछोरी हुर्काएकी थिइन् ।कक्षा ११ मा पढ्ने लक्ष्मण साथीहरुसँग नै प्रदर्शनमा सामेल भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->