हरिकृष्ण गौतम
म्याग्दी/कतारमा रहेका म्याग्देलीको आयोजनमा सदरमुकाम बेनीमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ३० युनिट रगत संकलन भएको छ। सामाजिन एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा शुक्रबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रमकको उद्घाटन गदैं गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारीले प्रवासी म्याग्देलीको सीप र अनुभवलाई जिल्लामा प्रयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
सोही अवसरमा बेनी नगरपालिकालका मेयर सुरत केसीले म्याग्दीमा रक्तदानप्रति आर्कषण ह्वात्तै बढेको बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले म्याग्दीमा रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको र यहाँ संकलन भएको रगतलाई बाहिरी जिल्लामा समेत पठाउने गरिएको बताए ।

रक्तदान कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, मोना अन्तराष्ट्रि«यका कोषाध्यक्ष नरेन्द्र फगामी र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राख्नुभएको थियो । रक्तदान कार्यक्रममा विभिन्न देशमा रहेका मोनाका राष्ट्रिय कार्यकारी समितिले सहयोग गरेका थिए । कोषका अध्यक्ष बिक्रम कार्कीले १ करोडको अक्षय कोष स्थापना गरी कतारबाट फर्किएका म्याग्देली तथा जिल्लाका विभिन्न क्षेत्रमा सहयोग गर्ने बताए ।
रक्तदान कार्यक्रमको अध्यक्षता अध्यक्ष कार्की, स्वागत कोषाध्यक्ष रमेश पौडेल र सञ्चालन सचिव तिलु शर्मा पौडेलले गर्नुभएको थियो म्याग्दीमा आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका, शल्यप्रक्रियामा रहेका बिरामीहरू,गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू लगायत उपचारमा रगतको आवश्यकता पर्दा तत्कालै रक्तदान गर्नेहरुको संख्या समेत धेरै छन् । रक्तदान कार्यक्रममा सहभागीलाई ढाका टोपी र सम्मानपत्र वितरण गरिएको थियो ।
यसैबीच म्याग्दीमा सबैभन्दा धेरै ८५ पटक रक्तदान गर्ने बेनी नगरपालिकाका मेयर सुरत केसी र छपाइ सहित आजिवन सदस्यता लिने भिमनाथ शर्मालाई सम्मान गरिएको थियो ।





