मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु


  • ढाेरपाटन संवाददाता
  • असोज २४ २०८२, शुक्रबार

पोखरा / पोखरा महानगरपालिका– २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ । रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा दुई महिना अगाडि हस्ताक्षर भएको थियो ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, पोखरा महानगरपालिका–२९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, दीपशिखा सामुदायिक पुस्तकालयका सल्लाहकार बाबुराम गिरी, रिड नेपालका व्यपस्थापन समिति सचिव एंव मोती सामुदायिक पुस्तकालय फलेबास पर्वतका संस्थापक भोलानाथ शर्मा, रिड नेपाल तथा सामुदायिक पुस्तकालयका यादव भट्टराइ लगायतबाट प्रशिक्षार्थीहरुलाई परियोजनाको लोगो अङ्कित टिसर्ट हस्तान्तरण गरी परियोजना सुरु गरिएको हो ।
सम्झौता अनुसार परियोजनाबाट लक्षित समुदायका विभिन्न ४ विद्यालयबाट पिछडिएका, प्रविधिको पहुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किसोरकिसोरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना लाभान्वित हुने भएका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् भने सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवम् पुस्तकालय कोषाध्यक्ष माधव भण्डारीले पुस्तकालयका गतिविधिवारे प्रकाश पारेका थिए । आठ लाख रुपैया खर्च हुने टेक एज युथ कार्यक्रमका लागि परियोजनाले चार लाख बराबरको खर्च र बाँकी चार लाख पुस्तकालयले नै व्यवस्था गर्नुपर्ने कार्यक्रम संयोजक एलिसा के सी ले वताइन् । पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारी, कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->