सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

सेवा प्रवाहबारे सल्लाहकारसंग पोखराका मेयर आचार्यको छलफल

सेवा प्रवाहबारे सल्लाहकारसंग पोखराका मेयर आचार्यको छलफल


  • ढाेरपाटन संवाददाता
  • असोज २४ २०८२, शुक्रबार

पोखरा/  जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बिच पोखरा महानगरपालिकाबाट प्रभावकारी सेवा प्रवाह, सुशासन अभिवृद्धि र सेवाहरूको चुस्त व्यवस्थापन लगायत विषयमा शुक्रबार छलफल भएको छ । महानगर प्रमुख धनराज आचार्यले सल्लाहकार परिषद्सँग छलफल गरेका हुन् ।

महानगरले उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको अध्यक्षतामा यस क्षेत्रका लब्धप्रतिष्ठीत व्यक्तिहरू सम्मिलित सल्लाहकार परिषद् गठन गरेको थियो । छलफलका क्रममा महानगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई चुस्त, छरितो र पारदर्शी बनाउने सम्बन्धमा सहभागीले सुझाव दिएका थिए ।

सो अवसरमा नगर प्रमुख आचार्यले आन्दोलनका क्रममा महानगरपालिका र मातहतका कार्यालयहरूमा पुगेको क्षतिका विषयमा जानकारी गराएका थिए । जेन जी आन्दोलनमा महानगरपालिकाको मुख्य कार्यालय, २६ वटा वडा कार्यालय, १३ वटा गाडी र ३६ वटा मोटरसाईकलहरुमा आगजनी तथा तोडफोड भएको थियो । जसले गर्दा महानगरपालिकालाई आर्थिक रूपमा २ अर्ब बढीको क्षति भएको छ । असहज परिस्थितिका बाबजुद नागरिकहरूको सेवालाई प्रभावित हुन नदिने गरी पोखरा सभागृह, साबिक महाशाखाहरू रहेको स्थान र दमकल लगायत स्थानबाट महानगरपालिकाको सेवा प्रवाह गरिरहेको नगर प्रमुख आचार्यले बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->