सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

उच्च अदालत पोखराद्वारा सेवा बिस्तार

उच्च अदालत पोखराद्वारा सेवा बिस्तार


  • ढाेरपाटन संवाददाता
  • असोज २४ २०८२, शुक्रबार

पोखरा/ उच्च अदालत पोखराले असोज २६ गते आइतबारदेखि थप सेवा विस्तार गर्ने भएको छ ।

अदालतले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि मिसील सावुद रहेका मुद्धाहरुको साप्ताहिक तथा दैनिक पेशी सूची प्रकाशन गरी सुनुवाई हुने जनाएको हो । जेन जी आन्दोलनका क्रममा उच्च अदालत पोखरामा पनि भदौ २४ मा तोडफोड र आगजनी भएको थियो । यसले सेवा प्रवाह रोकिएकोमा असोज ५ को सूचना अनुसार असोज २१ बाट पुनरावेदन पत्र दर्ता, तारेख दिने, सबै प्रकारका रिट निवेदन तथा अन्य प्रकारका निवेदन दर्ता तथा सुनुवाई सम्बन्धि सेवा सुचारु गरिएको थियो ।

अदालतको शुक्रबारको पूर्ण बैठकको निर्णयबाट आइतबारदेखि सेवा विस्तार गर्न लागिएको उपरजिष्ट्रार जीवनकुमार पौडेलले जारी गरेको सूचनामा छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->