आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कांग्रेस बागलुङका अधिकांस प्रतिनिधि महाधिवेसनको पक्षमा

कांग्रेस बागलुङका अधिकांस प्रतिनिधि महाधिवेसनको पक्षमा

बागलुङमा त हस्ताक्षर संकलन समेत भएको छ । हस्ताक्षर गर्दा क्षेत्र नंं १ का २७ जना महाधिवेसन प्रतिनिधिमा २० जनाले नियमित महाधिवेसन मंसिरमा गर्नुपर्ने नभए बिशेष महाधिवेसनमा जानुपर्ने निष्कर्षमा पुगेका छन् ।


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८२, शनिबार

बागलुङ/आइतबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसको तयारी स्वरुप पूर्व र वर्तमान पदाधिकारीको बैठक बसिसकेको छ ।

सरकारले घोषणा गरेको आसन्न निर्वाचनमा भाग लिने एउटा एजेण्डा छ भने संसदको अबस्था के हुने, आगामी नेतृत्व कसरी अगाडि बढ्ने जस्ता एजेण्डामा कांग्रेस बैठक केन्द्रीत हुनेछ । त्यसमा गहकिलो रुपमा उठ्न लागेको बिषय भनेको महाधिवेसन हो । कांग्रेसको नियमित महाधिवेसन गर्ने समय आएको छ । आगामी मंसिर मसान्तमा केन्द्रीय समितिको समय सकिंदैछ । बिषम परिस्थितिमा १ बर्ष समय थप गर्ने अधिकार केन्द्रीय समितिलाई छ । तर यतिबेला आम कार्यकर्ता, महाधिवेसनका प्रतिनिधिहरु भने म्याद थप्ने भन्दा नियमित अधिवेसनको पक्षमा छन् ।

बागलुङमा त हस्ताक्षर संकलन समेत भएको छ । हस्ताक्षर गर्दा क्षेत्र नंं १ का २७ जना महाधिवेसन प्रतिनिधिमा २० जनाले नियमित महाधिवेसन मंसिरमा गर्नुपर्ने नभए बिशेष महाधिवेसनमा जानुपर्ने निष्कर्षमा पुगेका छन्। क्षेत्र नंं २ का २७ जना मध्ये १४जनाले नियमित महाधिवेसन गर्न माग गरेर हस्ताक्षर गरेका छन् भने ११ जनाले तत्काल महाधिवेसन नगर्ने भन्दै हस्ताक्षर गरेका छैनन् ।

समग्र संख्याको आधारमा दुइ तिहाइ महाधिवेसन प्रतिनिधिहरु कांग्रेसमा पुस्तान्तरण गर्ने र आगामी मंसिरमै महाधिवेसन गर्नुपर्ने पक्षमा छन् । देशभरपनि यही संख्यामा महाधिवेसन गरेर नेतृत्व परिवर्तन सहित निर्वाचनमा जानुपर्ने धेरै कार्यकर्ताको मत छ । तर केन्द्रीय समितिले के गर्छ त्यो भने हेर्न बाँकी छ ।

जेनजी आन्दोलन पछि धुलोमा पुरिएका प्रमुख दलहरु निर्वाचनमा जानुपर्ने बाध्यतामा छन् । निर्वाचनको बिरोध गर्दा लोकतान्त्रिक दललाई थप नैतिक संकट परेको छ भने जाने हो भने वर्तमान नेतृत्वलाई जनताले पत्याउने अबस्था छैन । तसर्थ नीति र नेतृत्व फेरेर आम नागरिकको भावनालाई समेटेर मात्र निर्वाचनमा जानुपर्ने बाध्यता छ । उक्त बाध्यता बुझेका युवानेताहरुले हस्ताक्षर संकलन गरेर नेतृत्वलाई महाधिवेसनकालागि बाध्य पार्ने प्रयास गरिरहेका छन् ।

केन्द्रीय तहमा पनि सभापति देउवा अहिले सम्म बोलेका छैनन् । तर देउवा निकट पुर्व पदाधिकारी र वर्तमान पदाधिकारीहरुले अहिले नेतृत्व फेर्न नसकिने अर्थात तत्काल महाधिवेसन संभव नभएको बताइरहेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने सके मंसिरमा नियमित महाधिवेसन गर्ने, नसके बिशेष महाधिवेसन गर्ने पक्षमा खुलेरै लागेका छन् । केन्द्रीय कार्यालय सहित देशभरका पार्टी कार्यालय जलेकोले क्रियाशिल सदस्यको नामाबली नरहेको, अन्य तयारी पनि संभव नभएको भन्दै देउवा निकट समेत रहेका प्रवक्ता प्रकाश शरण महतले तयारी नपुग्ने भएकोले महाधिवेसन नगर्ने बताइरहेका छन् । तर महामन्त्रीहरु जसरी पनि महाधिवेसनमा जाने पक्षमा छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले त २ दिनमा जेनजी आन्दोलनले सत्ता पल्टाउन सक्छ भने कांग्रेसको यतिठूलो जनशक्तीले महाधिवसन किन गर्न नसक्ने भन्ने प्रश्न तेर्साएका छन् । जेनजी आन्दोलनमा घाइते भएर उपचार गराइ आराम गरेका देउवा भने बोलेका छैनन् । बरु उनले सोचबिचार गरेर नेतृत्व कसरी हस्तान्तरण गर्ने भन्नेमा पुगेको देखिएको छ । उनले प्रतिक्रिया पनि दिने गरेका छैनन् ।

बागलुङमा महामन्त्री निकट देखिने नेपाल तरुण दलका अध्यक्ष उमाकान्त शर्मा बाबुको नेतृत्वमा हस्ताक्षर संकलन भएकोमा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, पुर्व सभापति मणभद्र शर्मा, महाधिवेसन प्रतिनिधिहरु पार्वती आचार्य र नारायण शर्माले हस्ताक्षर नगरेको खुलेको छ । बानपाका प्रमुख बसन्तकुमार श्रेष्ठ र बिष्णु पौडेल दाह्रीले पनि हस्ताक्षर नगरेका हुन् ।

क्षेत्र नं. २ का भने सभापति जितबहादुर शेरचन, प्रदेश सभा सदस्य द्रोण कुँवर, दिलमाया पौवी, तुलासिंह घर्तीमगर, भरत गैरे, गण्डकी थापा,देवेन्द्र घर्ती र सोमबहादुर पौवी लगायतले हस्ताक्षर नगरेका हुन् । हस्ताक्षर नगर्नेहरुले केहीे सोचबिचार गरेर गर्ने भनेका छन् भने कतिपयले नगर्ने अडान नै राखेका छन् ।

आइतवारको केन्द्रीय समिति बैठकले महाधिवेसनमा जाने निर्णय गरेको खण्डमा हस्ताक्षर नगर्नेहरु पछि पर्नेछन् । उक्त बैठकले मंसिर भित्र नियमित अधिवेसन गर्ने वा बिशेष महाधिवेसनमा जाने त्यो प्रष्टै निर्णय गर्नुपर्ने छ । नत्र मंसिरबाट सभापति सहित सबै पदाधिकारीको म्याद सकिने भएकोले त्यसकोलागि बैठकले म्याद थप्ने निर्णय गर्नुपर्ने छ । महामन्त्री थापाले कुनैपनि हालतमा म्याद थप्ने निर्णयको एजेण्डा प्रस्तुत नगर्ने बताएका छन् । थापाले मेरो पदको पनि म्याद सकिएको छ, म थप्ने एजेण्डा लैजाने छैन भनेका छन् । तसर्थ हस्ताक्षर नगर्नेहरु नै पछि पर्ने हस्ताक्षर गर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->