शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा पालिकास्तरीय भलिबलको उद्घाटन, १० टीमको सहभागीता

बागलुङमा पालिकास्तरीय भलिबलको उद्घाटन, १० टीमको सहभागीता


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०८२, बिहिबार

बागलुङ / अन्तर्राष्ट्रिय बागलुङ समाजले आयोजना गरेको सर्वाधिक ठूलो पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियोगिता आज उदघाटन भयो । प्रतियोगिताको आज उदघाटन गरिएपनि खेलहरु भने हिजोबाट नै सुरु भएका थिए ।

खेलको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले खेलले अनुशासन र इमान्दारिता सिकाउने बताए । साथै उनले खेलको बिकास गर्दा युवाहरुको क्षमता बढ्ने र खेलबाटै देश बिदेशमा चिनाउने वातावरण पनि बन्ने बताए । समाजले खेल मार्फत जन्म स्थानमा लगानी गरेर समाजको विश्वास जितेको पनि बताए ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले अन्तराष्ट्रिय बागलुङ समाज जिल्लाबासीको सुःख दुःखमा काम लाग्ने संस्था भएकोले यसले सवैलाई मलम लगाउनुपर्ने बताए । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले भलिबल खेलले मित्रताको भावना प्रदान गर्ने बताए ।

समाजका सचिव तथा प्रतियोगिताका संयोजक राजु थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत जिल्ला भलिबल संघका अध्यक्ष योगेश भण्डारीले र कार्यक्रम सञ्चालन भव बहादुर कुँवर क्षत्रीले गरेका थिए ।

प्रतियोगितामा बागलुङका १० पालिकाको १० टीमको सहभागीता रहेको समाजले जनाएको छ । प्रतियोगिता बागलुङ नगरपालिका-४ उपल्लाचौरस्थित दावगरा बसपार्कमा आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->