शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अन्तराष्ट्रिय बागलुङ समाज कप भलिबलमा गलकोट च्याम्पियन

अन्तराष्ट्रिय बागलुङ समाज कप भलिबलमा गलकोट च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८२, शनिबार

बागलुङ / चार दिनदेखि संचालित पालिका स्तरीय अन्तराष्ट्रिय बागलुङ समाज कप पुरुष भलिबल प्रतियोगिता गलकोट नगरपालिकाले जितेको छ । शनिबार बागलुङ नगरपालिका-४ को दाबगरा बसपार्कमा भएको फाइनल खेलमा कडा प्रतिष्पर्धाबीच गलकोटले निसीखोलालाई पराजित गरी उपाधि उचालेको हो । चिरपरिचित गलकोटलाई उपाधि जित्न निसीखोलाको सामना गर्नुपरेको थियो ।

निसीखोलाले दिएको कडा टक्करमा गलकोटेले उपाधि उचाल्न निकै कठिन भएको थियो । बेस्ट अफ फाइभ खेलमा गलकोटले ५ वटै खेल खेल्नुपरेको थियो । अन्तिम खेल समेत निकै रोमान्चक र कडा प्रतिस्पर्धाका बीच चल्यो । खेलमा गलकोटले निसीखोलालाई २७–२५, १७–२५, २५–२०, २४–२६ र २४–२२ अंकले खेल जितेको हो । जित निकाल्न खेलसँगै अन्तिम अंकका लागि पनि २४ अंक पुगेको थियो ।

समाजले पहिलो पटक जिल्लाभित्र हुने सर्वाधिक राशीको भलिबल प्रतियोगितामा आयोजना गरेको थियो । दशै तिहार पर्वको शुभकामनासहित खेल खेलाइएको समाजका सचिव राजु थापाले बताए । खेल जितेर गलकोटले २ लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । द्वितिय हुने निसीखोलाले १ लाख रुपियाँमा चित्त बुझायो । खेलमा गलकोटका सूर्य बिक सर्वोकृष्ट खेलाडी घोषित हुँदै १० हजार पुरस्कार प्राप्त गरे ।

त्यसअघि शनिबार बिहान भएको सेमीफाइनल खेलमा गलकोटले काठेखोला गाउँपालिका र निसीखोलाले ढोरपाटन नगरपालिकालाई हराएर फाइनल प्रवेश गरेका थिए । गलकोटले काठेखोलालाई सोझो ३ सेटमा पराजित गरेको थियो । खेलमा गलकोटले २५–९, २५–१३ र २५–१७ अंकसहित फाइनल प्रवेश गरेको थियो ।

निसीखोलाले भने ढोरपाटनविरुद्व २५–१३, १४–२५, २७–२५ र २५–२२ को अन्तरमा जित निकाल्न सफल भएको थियो । तेस्रो स्थान काठेखोला गाउँपालिकाले जितेको छ । काठेखोलाले ढोरपाटन नगरपालिकालाई १९–२५, २५–१३, २५–१६ र २५–२१ को अंकमा जितेको थियो । तेस्रो हुनेले ५० हजार नगद र चौथोले २५ हजार नगद पुरस्कार पाए ।

जिल्लाका १० पालिकालाई लिगकम नकआउट खेल खेलाइएको हो । खेलमा बिधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

खेलका विजयी खेलाडीलाई प्रमाणपत्र दिंदै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले खेलले पर्यटन प्रवद्र्दन गरेको भन्दै बिदेशमा बस्ने जिल्लाबासी युवाले पनि आफ्नो माटो सम्झेर आएको बताए । समाजका सचिव तथा खेल समितिका संयोजक राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा गलकोट जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख समेत सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->