बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सेना

रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सेना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८२, शुक्रबार

पोखरा/पोखरा महानगरपालिका २८ माझठानास्थित रत्नसोभा मावि विद्यालय व्यवस्थापन समितिमा पुनः कृष्णप्रसाद तिमिल्सेना चयन भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्वर २८ शिक्षासमितिका संयोजक तथा वडाअध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा भएको वैठकले स्थानिय शिक्षा नियमावली, परिच्छेन्द ५ नियम २९ अनुरुप आगामी तीन वर्षीय कार्यकालका लागि तिमिल्सेनालाई चयन गरिएको हो ।

प्रहरी सेवामा लामो अनुभव संगाल्दै पूर्व प्रहरी लेखनाथ इकाईको अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत रहेका छन् ।

सर्वसम्वत रुपमासमितिको सदस्यहरुमा जनप्रतिनिधीको तर्फबाट वडाअध्यक्ष श्रीकृष्ण लामिछाने, अभिभावकहरुको तर्फबाट सन्तोष वास्तोला, अनिता भुर्तेल, रामचन्द्र तिवारी, मुना लामिछाने, महोश्वर अधिकारी, शिक्षक प्रतिनिधीमा पुर्ण बहादुर खत्री र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक किरणबाबु न्यौपाने रहेका छन् ।

यसैगरि सोही बैठकले मंगलवहादुर नेपालीको अध्यक्षतामा शिक्षक अभिभावक संघको पनि गठन गरेको छ । जसको सदस्यमा गोविन्द प्रसाद लामिछाने,हरिमाया गुरुङ,विरेन्द्र लामिछाने र निर्मला परियार रहेको विद्यालय शिक्षक ऋषिराम रानाभाटले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->