मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

त्रिभुवनको हिरक महोत्वसमा महायज्ञ

त्रिभुवनको हिरक महोत्वसमा महायज्ञ


  • अनिष पाठक
  • कार्तिक २२ २०८२, शनिबार

बागलुङ/पश्चिम बागलुङस्थित त्रिभुवन माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङले हिरक महोत्सवको अवसरमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने तयारी गरेको छ ।

विद्यालयले आगामी मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन गर्ने महायज्ञ सहितको कार्यक्रमको लागि मुल समारोह समिति समेत गठन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालको संयोजकत्वमा १ हजार १ सय ११ जना सदस्य रहेको समितिको गठन गरिएको हो ।

समितिमा विद्यालय व्यवस्थापन समितिलगायत विद्यालयमा गठन भएका सबै समितिका पदाधिकारी तथा सदस्यहरु, शिक्षक, कर्मचारी, अभिभावक, चन्दादाता, विद्यालय सेवा क्षेत्र भित्रका सामाजिक व्यक्तित्व, सामाजिक अभियान्ता, उद्यमी व्यापारी, पत्रकार, कलाकार रहेको प्रधानाध्यापक ढालमणी भण्डारीले जानकारी दिए ।

महायज्ञमा प्रमुख वाचकको रुपमा अन्तराष्ट्रिय बाचक वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल रहने विद्यालयले जनाएको छ । बागलुङको पश्चिम क्षेत्रमै ऐतिहासिक कार्यक्रम गर्न लागेको भन्दै विद्यालयसंग सम्बन्धित समिति, पूर्व विद्यार्थीलगायत सरोकारवाला संगको छलफललाई पनि तिव्रता दिएको प्रअ भण्डारीले बताए ।

विद्यालय सेवा क्षेत्रमा रहेका क्रियाशिल राजनैतिक दलहरुले पनि महायज्ञ सफल बनाउन प्रतिवद्धता व्यक्त गरेका छन् । । विद्यालयले बडिगाड गाउँपालिकाको वडा नं. १, २, ३ र ५, गलकोट नगरपालिकाको वडा नं. ११ तथा मुसिकोट नगरपालिकाको वडा नं. १, २, ३ र ७ लाई विद्यालय सेवा क्षेत्र मानेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->