स्याङ्जा/भीरकोट नगरपालिका –७ बलमाटामा जिल्लामै पहिलो पटक शनिबार “देवकोटा काव्य उत्सव –२०८२” गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका सामुदायिक पुस्तकालयको आयोजनामा काव्य उत्सव गरिएको हो ।
महावि देवकोटा जन्मजयन्तीलाई बृहत, सहभागिता मूलक, गुणस्तरीय र महत्वपुर्ण बनाउने र यहाँको साहित्यलाई थप उचाई लग्ने उद्देश्य काव्य उत्सव गरिएको प्रतिष्ठानका अध्यक्ष रानाले बताएका छन् ।
कार्यक्रममा समकालिन स्याङजाली कविहरु चिन्तु गिरी, अनन्त अर्याल, अश्विन कुमार रेग्मी पल्लब, शम्भु अर्याल, दुर्गा बहादुर रोका, शालिकराम लम्सा, चण्डिका प्रसाद भट्राई, लोक हरि पाण्डे क्षितिज, धु्रब प्रसाद पंगेनी, यम प्रसाल खनाल, हरि प्रसाद पंगेनी, ढाल बहादुर केसी, प्रेमबन्दु सुवेदी, राजेन्द्र कुमार श्रेष्ठ, कमला अधिकारी सिग्देल, प्रकाश न्यौपाने चौरासपति, इन्द्र प्रसाद पाठक, यज्ञ गैहे्र, स्मारिका अर्याल, गोविन्द शरण रेग्मी, मनिषा कोइरालाले कविता बाचन गरेका थिए ।
यस्तै लक्ष्मी काफ्ले, दिलीप तिवारी, खगेन्द्रजंग थापा, कृष्म खड्का, नारायण काफ्ले लगायनक गजलकारले गजल बाचन गरे । यहाँ समकालिन मुक्तककारहरु पारिस्वर न्यौपाने, शोभाकान्त रेग्मी, बिष्ण पंगेनी पाण्डे, विक्रम सम्मत, मुनाल गोदारले मुक्तक बाचन गरे ।
कार्यक्रममा भीरकोट नगरपालिका–७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यको अग्रज तारा भएको बताउदै कसैले कहिल्यै भुल्न नसक्ने सुनाए । उनले काव्य उत्सवले स्याङ्जाको साहित्यको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ३१ जना साहित्कारहरुले कविता, गजल, मुक्तक बाचन गरेको स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक मिलन समीरले जानाकारी दिए ।




