पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ८ फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेज (पेक) को आयोजनामा आज अन्तर्राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि सम्मेलन हुँदैछ । पोखरा १७ विरौटास्थित पोखरा ग्रान्डमा सम्मेलनको आयोजना हुन लागेको हो । कलेजले इन्जिनियरिङ र प्रविधिमा उदीयमान प्रवृत्तिबारे सम्मेलनको आयोजना गर्न लागेको हो ।
सम्मेलनमा सात विषयमा चर्चा हुनेछ । जसमा सिभिल इन्फ्रास्ट्रक्चर इन्जिनियरिङ, मटेरियल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, दिगो र समावेशी वास्तुकला, आईसीटीमा विश्वव्यापी उदीयमान प्रवृत्ति, डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता र विपद् जोखिम इन्जिनियरिङ र व्यवस्थापन समावेश गरिएको छ । दुई दिन चल्ने सम्मेलन बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।




