बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. तिमिल्सिना

गण्डकी विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. तिमिल्सिना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८२, शनिबार

पोखरा/ गण्डकी विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. कैलाश तिमिल्सिना नियुक्त भएका छन् । विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी अर्थात न्यासिक परिषदले तिमिल्सिनालाई उक्त जिम्मेवारी दिएको हो । उनी सोही विश्वविद्यालयका रजिष्ट्रार हुन् ।

असोज पहिलो साता तत्कालीन उपकुलपति डा नवराज देवकोटाको कार्यकाल समाप्ति पछि उक्त पद खाली थियो । विश्वविद्यालयले छिटै पहिलो दीक्षान्त समारोह लगायत कार्य गर्नुपर्ने छ । उक्त कार्यमा सबैभन्दा धेरै जिम्मेवारी उपकुलपतिको हुन्छ ।

तिमिल्सिनाले थाइल्यान्डको प्रतिष्ठित महिडोल विश्वविद्यालयबाट जनसांख्यिकी विषयमा पिएचडी गरेका छन् । उनले अमेरिकाको मियामी विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि पनि हासिल गरेका हुन् । उनको कार्यकालको मुख्य प्राथमिकता विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह सफल रूपमा सम्पन्न गर्नु रहेको छ । उनले दीर्घकालीन शैक्षिक दृष्टिकोण, पारदर्शी प्रशासन र गुणस्तरीय कार्यक्रमहरू मार्फत विश्वविद्यालयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य लिएको उनले बताएका छन् ।

राष्ट्रिय दैनिकहरूमा शिक्षा, सुशासन, भ्रष्टाचार र सामाजिक विषयमा डा. तिमिल्सिनाका लेखहरू प्रकाशित हुँदै आएका छन् । हालै संशोधन गरिएको गण्डकी विश्वविद्यालय ऐनअनुसार गठन भएको बोर्ड अफ ट्रस्टीको सचिवको जिम्मेवारी पनि तिमिल्सिनाले सम्हाल्नेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->