बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सापकोटा

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सापकोटा


  • ढाेरपाटन संवाददाता
  • कार्तिक ३० २०८२, आइतबार

पोखरा/  पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १६ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले संचालक समितिको अध्यक्षमा जयप्रसाद सापकोटालाई चयन गरेको छ ।

शनिवार भएको अधिवेशनमा समितिको सदस्यहरुमा क्रमश विष्णु कार्की, बलराम बराल, शोभाकान्त सिग्देल, शारदा पराजुली, युवराज त्रिपाठी र हिमबहादुर गुरुङ रहेका छन् । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले अधिवेशनको उद्घाटन गर्दै क्याम्पसमा गुणात्मक शिक्षाको लागि आँफु र विश्वविद्यालयको तर्फवाट सहयोग गर्न सदैव तयार रहेको बताए । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने कुलपति तिवारीले धारणा राखे ।

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा भद्रकाली क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष विश्वप्रकास सिग्देल, निवर्तमान अध्यक्ष बजिरमान श्रेष्ठ, भद्रकाली क्याम्पसका संस्थापक क्याम्पस प्रमुख किशोरदत्त वराल, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, क्याम्पसका सल्लाहकारद्वय रामगोपाल ढेवाजू, बाबुराम पन्त, भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष दिपक गुरुङ (माइला), भद्रकाली माविका प्रधानाध्यापक यदुराज पगेनी, भद्रकाली बहुमुखी क्याम्पस प्राध्यापक इकाई संघका सभापति बुद्धिराज सापकोटा, युवा व्यवसायी आदर्शमान श्रेष्ठ, आमा समुहको तर्फवाट सत्यदेवी आमा समुहका अध्यक्ष जमुनादेवी श्रेष्ठ लगायत वोलेको कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य जयप्रसाद सापकोटा स्वागत र क्याम्पसका सहायका प्रमुख नारायणप्रसाद सापकोटाले साहित्यमय भाकामा कार्यक्रम संचालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->