पोखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । सरुवा हुने कर्मचारीमा कृषि सेवा तर्पmका सबै भन्दा बढी २८ जना रहेका छन् ।
प्रदेश निजामती सेवा नियमावलीमा तोकिएको समयभित्रै कार्यालय प्रमुख र अन्तर–मन्त्रालय सरुवा हुने कर्मचारीका बारेमा निर्णय गरिसक्नुपर्ने व्यवस्था छ । तर प्रदेश प्रशासनिक पुनर्संरचनाको काम नसकिएको भन्दै प्रदेश सरकारले २ पटकसम्म नियमावली संशोधन गरी समय सारेर हालैमात्र ७५ कर्मचारीको सरुवा गरेको हो । सरुवा हुनेमा स्वास्थ्य सेवाका २० जना, दशौं र नवौं तहका उपसचिव १३ जना, वन सेवाका ४ जना, इन्जिनियरिङ सेवा अन्तर्गत सिभिल/जनरल समुहतर्फ ७ जना र स्यानीटरी तथा इरिगेशनतर्फका ३ जना रहेका छन् ।
यसपटक कार्यालय खारेजी र संगठन र व्यवस्थापन सर्वेक्षणपछि कार्यालयमा रहेका सातौँदेखि दशौँ तहसम्मका अधिकृत कर्मचारीहरूलाई सरुवा, पदस्थापन र कामकाजका लागि खटाइएको हो । सेवा समूह सञ्चालन गर्ने र कार्यालय प्रमुख वाहेकका कर्मचारी सरुवाको जिम्मा भने सम्बन्धित मन्त्रालयले पाएका छन् । मंसिर १५ भित्र मन्त्रालयले ती कर्मचारीको सरुवा हुनेगरी नियमावली संशोधन गरिएको छ ।
हेर्नुहोस् सरुवा र पदस्थापन




