बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कास्की आइडल एलिमिनेसन राउन्डमा

कास्की आइडल एलिमिनेसन राउन्डमा

गायनतर्फ १४ प्रतिभा छनोट अर्को चरणका लागि छनोट भएका छन् । नृत्यतर्फ १२ अर्को चरणका लागि छनोट भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८२, मंगलबार

पोखरा/रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।

कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लाफा ग्रुप लिमिटेडका म्यानेजिङ डिरेक्टर तथा समाजसेवी जङ्गबहादुर थापाले कार्यक्रमले नवप्रतिभालाई प्रेरणा दिने भन्दै प्रशंसा गरे ।

सो अवसरमा वडा नं. २६ का सदस्य सुदिप ढुङ्गाना, आजीवन संस्थापक सदस्य चन्द्रमणि पौडेल तथा कराते प्रशिक्षक विनोद नेगी, इन्जिनियर अनिल ढुङ्गानालगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमका आजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य, महव तथा प्रतिभा उजागर गर्ने भूमिकामाथि प्रकाश पारे। स्वागत गीत सनम गुरुङले प्रस्तुत गरेका थिए ।

सो अवसरमा गायनतर्फ १४ प्रतिभा छनोट अर्को चरणका लागि छनोट भएका छन् । छनोट भएर सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, अनुष्का पाण्डे, सन्तोष वि.क., सुरज परियार, दीपक सुनार, दीक्षा गुरुङ, शिखा पुलामी र श्याम सुनार आगामी चरणमा प्रवेश गर्न सफल भएका छन् ।

त्यसै गरी नृत्यतर्फ १२ अर्को चरणका लागि छनोट भएका छन् । कृपा बिक, भीमकुमारी रोका, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, प्रनिशा लामिछाने, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर अर्को चरणका लागि चयन भएका छन् ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजक प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले धन्यवाद व्यक्त गर्दै चयन भएका प्रतिभालाई बधाई तथा आगामी चरणमा शुभकामना दिए ।

उनका अनुसार कास्की आइडल २०८२ प्रतिभाहरूलाई पहिचान, मञ्च र अवसर प्रदान गर्ने यात्रामा निरन्तर अगाडि बढ्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->