आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

डिएलएको ३६ औं स्थापना दिवश

डिएलएको ३६ औं स्थापना दिवश


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८२, शुक्रबार

बागलुङ/डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल (डिएलए)को ३६ औं स्थापना दिवश मनाइएको छ । दिवशको अवसरमा सरोकारवालाले कानूनी शासनको स्थापनामा सबैको साथ चाहिने बताए । साथै, देशमा देखिएको राजनीतिक संकट समाधान र निर्वाचनको वातावरण बनाउन पनि कानूनी शासनको आवस्यकता रहेको बताए । लोकतन्त्रको संरक्षणका लागि समेत कानूनी शासन आवस्यक भएको उनीहरुको भनाइ छ ।

डिएलए नेपालका केन्द्रीय उपाध्यक्ष भूमिश्वर गौतमले अदालत र कानून व्यवसायीले मात्र कानून र न्यायका कुरा गरेर नभइ आम नागरिकले न्यायको अनुभुती पाउने वातावरण चाहिएको बताए । डिएलएले सधैं न्यायको क्षेत्रमा आवाज उठाउने उनको भनाई थियो ।

डिएलए बागलुङकी अध्यक्ष सरिता गौतमको अध्यक्षता र उपाध्यक्ष हरिप्रसाद गौतमको संचालनमा सम्पन्न कार्यक्रममा उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीष, डिएलएका सल्लाहकार बद्रीप्रसाद उपाध्याय लगायतले शुभकामना दिएका थिए । हरेक वर्ष मंसिर २५ गते डिएलएले आफ्नो स्थापना दिवश मनाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->