लेखनाथ/लेखनाथ निर्माण व्यवसायी समितिले पोखरा ३० को खुदीमा रहेको आफनो कार्यालय परिसरभित्र वृक्षारोपण गरेको छ ।
समितिले भर्खरैमात्र आफनै नाममा जग्गा खरिद गरी निर्माण गरेको भवन वरपर रहेको बाँकी जमिनमा फलफूल र शौन्दर्य दिने खालका बिरुवा लगाएको हो ।
लेखनाथ निर्माण ब्यवसायि समितिका निवर्तमान अध्यक्ष प्रेमबादुर थापाको आर्थीक सहयोगमा बिरुवा खरिद गरिएको समितिका अध्यक्ष भीमबहादुर नेपाली (काइँला)ले जानकारी दिए ।





