बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पीसीएममा विद्यार्थी बिदाइ

पीसीएममा विद्यार्थी बिदाइ


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८२, शुक्रबार

पोखरा/पोखरा कलेज अफ म्यानेजमेन्टले स्नातक तह पूरा गरेका विद्यार्थीको बिदाइ गरेको छ । कलेजका स्नातक तह वर्ष २०२१ व्याजका विद्यार्थीहरुले गरेका हुन् । कार्यक्रममा स्नातक तह वर्ष २०२० व्याजका विद्याथीहरुलाई विदाइ गरिएको थियो ।

सो अवसरमा क्याम्पस प्रमूख लिना नेगी श्रेष्ठले पिसिएमले व्यवहारिक शिक्षामा जोड दिएको बताइन् । कक्षा कोठामा सिकेको कुरा व्यवहारिक जीवनमा लागु गरेर अगाडि बढ्न उनले विद्यार्थीहरुलाई आग्रह गरिन् । त्यसैगरी स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको तर्फबाट सम्राट गुरुङले कलेजमा रहँदाका मीठा पलहरु सँधै अविस्मरणीय रहिरहने बताए । कलेजसँगको सम्बन्ध आगामी दिनमा थप बलियो बनिरहने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यार्थीहरुले हास्यव्यङ्ग्य, गायन र नृत्यसहितका विभिन्न सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए । कलेजका विद्याथी निश्चल भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन छात्राद्धय समीक्षा तिमिल्सिना र विनिसा गुरुङले गरेका थिए ।

विगत पच्चीस वर्षदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापनमा स्नातक (बीबीए), वित्तमा स्नातक (बीबीए–फाइनान्स) र सूचना प्रविधिमा स्नातक (बीएस्सीआईटी) कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

पोखरा नदीपुरमा रहेको कलेजमा बिहानी र दिवा सत्रमा गरी हाल ५ सय ५० विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->