शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा मेयर कप फुटबल प्रतियोगिता सुरु

बागलुङमा मेयर कप फुटबल प्रतियोगिता सुरु

आयोजक बागलुङ नगरपालिकासहित १० टीमको सहभागिता


  • रन्जिता शर्मा
  • मंसिर १४ २०८२, आइतबार

बागलुङ / बागलुङ नगरपालिकाको आयोजनामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता आजदेखि बाङ्गेचौर खेलमैदानमा शुरु भएको छ । नगर खेलकूद विकास समितिले आयोजना गरेको मेयर कपको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले खेलाडी उत्पादनका लागि प्रतियोगिताले प्रोत्साहन गर्ने बताए । नगरपालिकाले खेलकूदको क्षेत्रमा लगानी बढाएको बताउदै नगरप्रमुख श्रेष्ठले पर्यटनको विकासका लागि समेत खेल क्षेत्र महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेल, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, बानपा–१ का वडा अध्यक्ष जय बहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गर्दै खेलकुदको महत्वको वारेमा वताए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज बोसेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले स्वागत र धौलागिरी एफएमका सम्पादक तारा प्रसाद शर्माले सञ्चालन गरेका थिए ।

मेयरकप प्रतियोगितामा आयोजक बागलुङ नगरपालिका सहित १० टिम सहभागी रहेका अध्यक्ष वोसेलले बताए । प्रतियोगिताको विजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ र उपविजेताले २ लाख २२ हजार २ सय २२ प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्ने छन भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले दुई हजार प्राप्त गर्ने छन् ।

उद्घाटन खेलमा आयोजक बागलुङ नगरपालिका (निलो)ले विजयी सुरुवात गरेको छ । जलजला गाउँपालिका पर्वतलाई ५-० ले पराजित गर्दै बागलुङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार तीन खेल हुने छन । पहिलो खेल जैमिनी नगरपालिका र बेनी नगरपालिका म्याग्दी, दोस्रो खेल गलकोट नगरपालिका र गण्डकी प्रदेश प्रहरी पोखरा तथा तेस्रो खेल कालीजङ्ग गण घोडाबाधे र पैयुँ गाउँपालिका पर्वतका बिच हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->