बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लेकसिटी कलेजमा ‘कार्निभल’ तयारी

लेकसिटी कलेजमा ‘कार्निभल’ तयारी


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८२, बुधबार

पोखरा/लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा आयोजना गर्ने भएको छ । पोखरा–४, गैहपाटनस्थित कलेज परिसरमा मंसिर २६ गते हुने यो कार्निभल विगतका वर्षझैँ खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताले भरिपूर्ण हुने कलेजले जनाएको छ ।

कलेजले केही वर्षयता निरन्तर गर्दै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा प्रस्तुत गर्न लागिएको कलेजका क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार, कलेजको खेलमैदानमा मुख्य स्टेज सहित विविध स्टलहरू राखिने छन्, जहाँ मह, अचार, सातु, हस्तकला, सजावट सामग्री, कपडाका झोला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी र बिक्री गरिनेछ ।

त्यसैगरी, खानाका परिकारहरू—सेलरोटी, मम, चाउमिन, चटपट, पानीपुरी, अचार लगायतका लोकप्रिय व्यञ्जनहरू विद्यार्थी स्वयंसेवकहरूले नै सञ्चालन गर्नेछन् । कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा पूर्वविद्यार्थीहरू स्टल व्यवस्थापनमा सक्रिय रहने क्याम्पस प्रमुख श्रेष्ठले बताए ।

कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलका अनुसार, कलेजले हरेक वर्ष शैक्षिक भ्रमण, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, वर्कशप तथा सामाजिक कार्यक्रमहरू गर्दै आएको छ । सामाजिक विज्ञान केन्द्रले सञ्चालन गर्ने मासिक कचहरी कार्यक्रम पनि कलेजकै मौलिक पहिचान बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->