शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड चिल्ड्रेनले जित्यो

बागलुङ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड चिल्ड्रेनले जित्यो

चिल्ड्रेनले २४ स्वर्ण १४ रजत र २१ कास्य गरी कुल ५९ पदकसहित राष्ट्रपति शिल्ड जितेको हो ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर २५ २०८२, बिहिबार

बागलुङ/बागलुङ नगरपालिकास्तरीय आठाँै राष्ट्रपति रनिङ शिल्डको उपाधी चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले जितेको छ । चिल्ड्रेनले २४ स्वर्ण १४ रजत र २१ कास्य गरी कुल ५९ पदकसहित राष्ट्रपति शिल्ड जितेको हो ।

प्रतियोगितामा अमर आदर्श मावि दोस्रो भएको छ । अमर आर्दशले १० स्वर्ण, १२ रजत र १६ कास्य गरी कुल ३८ पदक हात पार्दा विद्यामन्दिर माध्यामिक विद्यालयले तेस्रो स्थानमा चित्त बुझाउँदा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरी १५ पदक जित्यो ।

राष्ट्रपति रनिङ जितेको चिल्ड्रेन लाइफले शिल्डसहित नगद १ लाख ११ हजार १ सय ११ रुपियाँ, उपविजेता अमर आदर्शले ५५ हजार ५ सय ५५ र तृतिय विद्यामन्दिरले ३३ हजार ३ सय ३३ रुपियाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो पटक शिल्ड हात पारेको चिल्ड्रेनले नवौँ प्रतियोगिता पनि जितेमा शिल्ड कब्जा गर्ने छ ।

६६ पदकका लागि भएको खेलमा नगरभित्रका ३० विद्यालयले सहभागिता जनाउँदा २२ विद्यालयले पदक जित्दा अन्य विद्यालय पदकबिहिन बनेका छन् । विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले शिक्षासँगै खेलकुद पनि अपरिहार्य भएको हुँदा खेलकुदलाई निरन्तरता दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->