बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लिटिल स्टेपका विद्यार्थीको अवलोकन भ्रमण सम्पन्न

लिटिल स्टेपका विद्यार्थीको अवलोकन भ्रमण सम्पन्न


  • ढाेरपाटन संवाददाता
  • मंसिर २६ २०८२, शुक्रबार

पोखरा/ पोखराको फिर्केस्थित लिटिल स्टेप माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षागत रुपमा विद्यार्थी शैक्षिक भ्रमण तथा स्थलगत अवलोकन कार्यक्रमलाई अघि बढाएको छ । जसअनुसार प्ले ग्रुप तथा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व रहेको महेन्द्र गुफाको अवलोकन गराइयो ।

त्यसैगरी कक्षा ४ र ५ का विद्यार्थीलाई पोखरा महानगरपालिकाको वडा नं. १३ मा अवस्थित कार्कीडाँडा, शिव मन्दिर, माटेपानी गुम्बाको स्थलगत भ्रमण गराइएको थियो । त्यसैगरी कक्षा १२ का विद्यार्थीलाई सराङ्कोटमा अवस्थित होटल हिमालयन फ्रन्टमा एक दिवसीय होटल सम्बन्धी प्रशिक्षण तथा प्रयोगात्मक तालिमको व्यवस्थापन गरियो । विद्यार्थीलाई विभिन्न कार्यक्रममा सहभागी गराइनुका साथै वनभोजको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->