बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पुष्प सदनको ३८ औं अभिभावक दिवस

पुष्प सदनको ३८ औं अभिभावक दिवस


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

पोखरा/पुष्प सदन एकेडेमी कास्की, पोखरा–१२ फुलबारीको ३८ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ ।

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञानको खाँचो रहेको बताए ।

नेसनल प्याब्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङले निजी विद्यालयमा आएका विभिन्न चुनौतिका वावजुत पनि विद्यालयल अझै व्यवस्थित बनाउँदै लगेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा २०८२ सालको स्पोर्ट मिट, तीजनृत्य प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, २०८१ को शैक्षिक पुरस्कार एसइई २०८१ का विद्यार्थी पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य टीकाराम गुरुङ, सिमला आधारभूत विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र राज परियार, पुष्प सदन एकेडेमी कास्कीकी सहायक प्रध्यानाध्यापक मञ्जु पहारी थापाले बोलेका थिए ।

पुष्प सदन एकेडेमी कास्कीका संस्थापक अध्यक्ष अजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय कोअर्डिनेटर अर्जुन पौडेल र विद्यार्थी प्रज्ञा सापकोटाले स्वागत तथा शिक्षकद्धय शोभा पौडेल र प्रतिक्षा सेढाईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->