बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लाइब्रेरियनलाई तालिम

लाइब्रेरियनलाई तालिम


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

पोखरा/गण्डकी प्रदेशमा रहेका विभिन्न पुस्तकालयका लाइब्रेरियनलाई तालिम दिइएको छ ।

तालिममा पोखरा र गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय,पश्चिमान्चल क्याम्पस,धवलागिरी बहुमुखीसहित विभिन्न क्याम्पस,सामुदायिक तथा सार्वजनिक पुस्तकालय र नेपाल पुस्तकालय संघका सदस्यहरु गरी ३० जनाको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा नेपाल पुस्तकालय संघ, गण्डकी प्रदेशको संयोजनमा २ दिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न भएको हो ।

समापन समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले तालिबाट प्राप्त सीप र ज्ञानको भरमग्दुर प्रयोग गरी आफ्नो वृत्ति र व्यक्तित्व विकास गर्न आग्रह गरे ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले तालिमपछि कार्यसम्पादनमा सुधार आउने अपेक्षा व्यक्त गरे ।

तालिममा पोखरा विश्वविद्यालयका सह– प्राध्यापक डा. रवीन्द्र घिमिरे, वन विज्ञान संस्थाका लाइब्रेरियन सूर्य क्षेत्री, पोखरा विश्वविद्यालयका लाइब्रेरियन तथा नेपाल पुस्तकालय संघका अध्यक्ष मीन कुमारी डल्लाकोटी, पोखरा विश्वविद्यालयका लाइब्रेरियन दुर्गाप्रसाद आचार्य र पृथ्वीनारायण क्याम्पसका लाइब्रेरियन किशोर सुवेदीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->