शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रपति रनिङ शिल्डमा बागलुङ नगरपालिकाको ह्याट्रिक

राष्ट्रपति रनिङ शिल्डमा बागलुङ नगरपालिकाको ह्याट्रिक


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

बागलुङ/राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागलुङ नगरपालिकाले ह्याट्रिक गरेको छ । शनिबार साँझ बाङेचौर खेलमैदानमा सम्पन्न जिल्लास्तरीय १४ औं संस्करण जित्दै बागलुङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा ह्याट्रिक गरेको हो ।

बागलुङ नगरपालिकाले १२ औं र १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जितेको थियो । राष्ट्रपति रनिङ शिल्ड जितेको बागलुङ नगरपालिकाले २१ स्वर्ण पदक जित्यो । उपविजेतामा चित्त बुझाएको बडिगाड गाउँपालिकाले ८ स्वर्ण पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा ढोरपाटनले ५, जैमिनीले ५, गलकोट नगरपालिकाले ४, काठेखोलाले ४, बरेङले ४ र निसीखोला गाउँपालिकाले २ स्वर्ण पदक जित्यो । प्रतियोगिताको विजेता बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले शिल्ड प्रदान गरेका थिए ।

मोसफलको खेलकुद कुम्भका रुपमा लिइने राष्ट्रपति रनिङ शिल्डको पहिलो दिन उत्कृष्ट र अनुशासित मार्चपास गर्ने जैमिनी नगरपालिकालाई नगद १८ हजार, ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक परशुनारायण बोहराले जानकारी दिए ।

प्रतियोगितामा १ सय ४८ पदकका लागि आठ पालिकाका आठ सयभन्दा धेरै विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, कबड्डी, मार्शल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु र एथलेटिक्सका खेल भएका थिए । दश पालिका रहेको जिल्लामा तमानखोला र ताराखोलाले आर्थिक अभाव देखाउँदै प्रतियोगितामा भाग लिएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->