बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युआरएल हस्पिटलचोकमा शिविर

युआरएल हस्पिटलचोकमा शिविर


  • Dhorpatan News
  • मंसिर २९ २०८२, सोमबार

पोखरा/युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार युआरएल हस्पिटलचोकमा निशुल्क शिविर आयोजना गरिएको छ । शिविर २ सय पाँच जनाले ल्याब र ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन् ।

युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेले सहभागीहरुको थाइराइड र मधुमेहका जाँच सित्तैमा गरिएको बताए । २०७० साल मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर १५ देखि मंसिरभर विभिन्न सेवामा विशेष छुटसमेत दिइरहेको छ ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गराउँदै गुणस्तरीय सेवा सर्वसाधारण दिन कार्यक्रम गरिएको जनाए ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट फिजिसियन डा कृष्णराज अधिकारीले कसरत नगर्ने तथा अस्वस्थ खानपानले (मधुमेह) सुगर हुने जोखिम बढाउने बताए । थाइराइडका कारण महिनावारी गढबढ हुने, मोटोपना बढ्ने जस्ता समस्या देखिने उनको भनाइ छ ।

डा. अधिकारीले वंशानुगत कारणले मधुमेह हुन सक्ने उल्लेख गर्दै नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाएमा यस्ता रोगबाट बच्न सकिने स्पष्ट पारे ।

कपडा व्यवसायीलाई युआरएलमा छुट
कपडा व्यवसायी एसोसिएसन कास्कीमा आवद्ध व्यवसायीले पोखरा ८, न्युरोडमा रहेको युआरएलको प्रधान कार्यालय र यसका शाखाहरुबाट ३० प्रतिशत छुट पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->