पोखरा/पोखराको रामघाटमा रहेको प्यारामाउण्ट पब्लिक स्कूल आफ्नो २७औँ अभिभावक दिवस मनाएको छ । गण्डकी विश्वविद्यालयका कुलपति डा. इन्द्रप्रसाद तिवारिको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा शिक्षक दीर्घ सेवा सम्मान,नर्सरीदेखि कक्षा १० सम्मका छात्र–छात्राहरूले विभिन्न नृत्य र नाटकसमेत प्रस्तुत गरेका थिए ।
सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य श्रीमान गुरुङले विद्यालयले विगत २७ वर्षदेखि शिक्षाको क्षेत्रमा छुट्टै इतिहास रचेको बताए । कार्यक्रममा विद्यालय संचालक समितिकी अध्यक्ष दिलमाया गुरुङले पनि मन्तव्य राखेकी थिइन् ।




