बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अन्तर बिद्यालयस्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्धजंग गोदार प्रथम

अन्तर बिद्यालयस्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्धजंग गोदार प्रथम


  • ढाेरपाटन संवाददाता
  • मंसिर २९ २०८२, सोमबार

पोखरा/  अन्तर बिद्यालयस्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्धजंग गोदार प्रथम भएका छन् । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।

प्रतियोगितामा एक्स–आर्मी स्कुल कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गरे भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान पाए । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी कक्षा ८ की एनी राना र वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीका कक्षा ९ का प्रिन्स रानाभाटले संयुक्तरूपमा शान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय र शान्त्वना हुनेलाई जनही एक÷एक हजार साथमा प्रमाण—पत्र वितरण गरिएको थियो ।

बिजयी प्रतियोगिलाई प्रमुख अतिथि वरिष्ठ चित्रकार यादवचन्द्र भुर्तेल, सल्लाहकार केशवराज बराल, गोकुल सापकोटा, क्लवका महासचिव राकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताको प्रमुख निर्णायकमा विशेश्वर पराजुली, निर्णायक होग्रेथ भुर्तेल र अनुसुया बराल रहेका थिए । क्लबले प्रतियोगिता मार्फत विद्यार्थीको सिर्जनशीलता र कलात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष रमेशप्रसाद बरालले बताए । कार्यक्रमको संचालन क्लवका सदस्य प्रकाश गुरुङले गरेका थिए ।

प्रतियोगितामा विभिन्न १३ बिद्यालयका २० विद्यार्थीले सहभागिता जनाएका थिए । निर्णायक र बिद्यार्थीले कोरेका चित्रहरु एकापसमा साटसाट समेत गरिएको सचिव प्रवेन्द्र थापाले बताए । प्रतियोगिताको लागि ग्रेस इन्टरनेश्नल प्रा.लि.ले नगद १० हजार सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->