बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पश्चिमाञ्चल माविको वार्षिकोत्सव

पश्चिमाञ्चल माविको वार्षिकोत्सव


  • ढाेरपाटन संवाददाता
  • मंसिर २९ २०८२, सोमबार

पोखरा/ पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सोमबार स्थापनाको ३४ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा विद्यालयमा शैक्षिक प्रदर्शनी पनि आयोजना गरिएको छ । वार्षिकोत्सवको प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले उद्घाटन गरेका थिए ।

पाठकले पोखराका शैक्षिक संस्थाले पोखराको पहिचान नै फराकिलो बनाएको बताए । पोखराको पहिचान पर्यटनले मात्र नभई शैक्षिक क्षेत्रको अग्रणी सहरको रुपमा समेत बनेको उनले बताए । पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्रा.डा. रामनाथ ओझाले विद्यालयले गुणस्तरीय शिक्षाका लागि हरदम प्रयास गरिरहेको बताए । साढे ३ दशक अघि स्थापित विद्यालयले अहिलेसम्म हजारौं शैक्षिक जनशक्ति उत्पादन गरेको उनले बताए ।

विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यालय अध्यापनका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल रहेको बताए । विद्यालयले दिलाउने गुणस्तरीय शिक्षाका लागि विद्यालयको जनशक्ति पूर्णरुपमा लागिपरेको उनले बताए । विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठले वार्षिकोत्सव अवसरमा विद्यालयमा गरिएका गतिविधिबारे जानकारी दिएकी थिइन । विद्यालयमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुन्छ । विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीले पश्चिमाञ्चल माविले अब्बल विद्यार्थी उत्पादन गरेर राष्ट्रकै लागि योगदान पु¥याएको बताए । वार्षिकोत्सवका अवसरमा विद्यालयले आइतबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सोमबार वार्षिकोत्सवका अवसरमा विद्यालयभित्र विद्यार्थीहरुले विभिन्न सांस्कृतिक गतिविधि पनि पस्केका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->