मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अल्फा बोर्डिङ स्कुल युवा रेडक्रसको बाल आश्रममा सहयोग

अल्फा बोर्डिङ स्कुल युवा रेडक्रसको बाल आश्रममा सहयोग


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८२, शनिबार

पोखरा/ पोखरा–१६, लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा गठित युवा रेडक्रस सर्कलको नेतृत्वमा सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शक्ति कल्याणी बाल आश्रममा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीमा मानवता, सेवाभाव र सामाजिक सचेतना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा आश्रममा आश्रित बालबालिकालाई कापी, कलम, पुस्तकजस्ता आवश्यक शैक्षिक सामग्री तथा चामल, दाल, तेललगायत खाद्यान्न सामग्री प्रदान गरिएको थियो।

कार्यक्रममा अल्फा बोर्डिङ स्कुलका शिक्षक–शिक्षिका, युवा रेडक्रस सर्कलका सदस्य विद्यार्थीहरू तथा आश्रम व्यवस्थापन समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रशासक निराजन थापाले विद्यार्थीलाई पाठ्यपुस्तकसँगै समाजप्रतिको दायित्व बोध गराउनु नै विद्यालय शिक्षाको महत्वपूर्ण अङ्ग भएको उल्लेख गरे।

शिव शक्ति कल्याणी बाल आश्रमका तर्फबाट विद्यालय परिवार तथा विद्यार्थीहरूलाई सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको मनोबल बढ्ने र समाजमा सकारात्मकब सन्देश जाने विश्वास व्यक्त गरियो।युवा रेडक्रस सर्कल, अल्फा बोर्डिङ स्कुलले आगामी दिनहरूमा पनि यस्तै सामाजिक सेवा र सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->