आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल इन्भेस्टमेन्ट बैंकको स्वास्थ्यचौकी र विद्यालयलाई सहयोग

नेपाल इन्भेस्टमेन्ट बैंकको स्वास्थ्यचौकी र विद्यालयलाई सहयोग


  • ढाेरपाटन संवाददाता
  • पुष ९ २०८२, बुधबार

पोखरा/नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बागलुङ शाखाले बागलुङको सिगानामा स्वास्थ्य चौकी र विद्यालयलाइ सहयोग गरेको छ ।

बागलुङ नगरपालिका ८ सिगानास्थित सिगाना स्वास्थ्य चौकीमा युरो गार्ड र ज्ञानकुञ्ज प्राथमिक विद्यालयमा स्मार्ट टिभी सहयोग गरेको हो । मेगा बैंकका शाखा प्रबन्धक उपेन्द्र गौतमका अनुसार स्वास्थ्य चौकीमा शुद्ध पिउने पानीका लागि युरो गार्ड सहयोग गरिएको हो । उक्त कार्यक्रममा वडाध्यक्ष छमबहादुर कार्की, स्वास्थ्य चौकी प्रमुख शारदा सुवेदी आचार्यलगायतले आफ्नो धारणा राखेका थिए ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरेको हो । यस्तै विद्यालयलाई टिभी सहयोगमा वडाध्यक्ष कार्कीसहित विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, समाजसेवी गोपाल कुमार शर्मा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->