बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रतिभा माविमा ‘फूड फेस्टिबल’

प्रतिभा माविमा ‘फूड फेस्टिबल’


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८२, आइतबार

पोखरा/विद्यार्थीमा खाना पकाउने र पस्किने सीप विकास गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए ।

खाना, संगीत र खेललाई एकैठाउँमा प्रस्तुत गर्नेगरि आयोजित उक्त फेस्टिबलको पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले उद्घाटन गरेका थिए । प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त फेस्टिबलमा विद्यार्थीले विभिन्न स्वादका खाना पस्केका थिए । खानाबाहेक संगीत र खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको थियो ।

विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा रहेको पाककलाको क्षमता देखाउने गरि फूड फेस्टिबल आयोजना गरिएको बताए । विद्यालयले यो सहित चौथो संस्करणको फूड फेस्टिबल आयोजना गरेको हो ।

विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले यस्तै सिकाईले विद्यार्थीमा व्यावसायिकताको भावना विकास हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->