नवलपुर / जिल्लाको सदरमुकाम कावासोती–२ लुम्बिनी चोकस्थित लुम्बिनी आवासीय माविको ३० औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा २५ वर्ष विद्यालयमा सेवा गरेका शिक्षक भीमुलाल शर्मालाई ५० हजार ५ सय ५ रुपैयाँ नगदसहित दीर्घसेवा पदकले सम्मानित गरियो ।
वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि प्याव्सन नेपालका केन्द्रीय सदस्य दीपक रावतले विद्यालयले गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा गरेको योगदानको प्रशंसा गरे । साथै विद्यालयलको आगामी शैक्षिक यात्रा उज्ज्वल रहेोस् भन्ने शुभकामना पनि उनले दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रलाल कण्डेलको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष शिव पाण्डे, कावासोती नगरपालिकाका शिक्षा अधिकारी राजन पाण्डे, प्याप्सन नवलपुरका वरिष्ठ उपाध्यक्ष भीमलाल कण्डेल, सामुदायिक विद्यालयको तर्फबाट स्थानीय शिव नमूना माविका प्रधानाध्यापक अर्जुन पौडेल र अभिभावकको तर्फबाट देवचुली नगर खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका दीपकचन्द्र भट्टराईलगायतले शुभकामना मन्तव्य दिएका थिए । विद्यालयका प्रिन्सपल त्रिलोक तिवारीका अनुसार वार्षिकोत्सव कार्यक्रमको सञ्चालन कक्षा रियाज काफ्ले र आरजु न्यौपानेले गरेका थिए । विद्यालयमा १२ सय भन्दाबढी विद्यार्थी छन् ।





