बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लक्ष्मी मावि व्यवस्थापन समितिमा गुरुड

लक्ष्मी मावि व्यवस्थापन समितिमा गुरुड


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८२, शुक्रबार

पोखरा/पोखरा २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा खेमबहादुर गुरुङ चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यहरु मध्यबाट बिहीबार गुरुङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

अभिभावक भेलाबाट गुरुडसहित सविना गौतम र डुलबहादुर पुन सदस्यमा छनोट भएका थिए । त्यसैगरी वडा शिक्षा समितिले सीता बस्ताकोटी र इश्वरीकुमारी जिसीलाई सदस्यमा मनोनित गरेको थियो भने कर्ण बहादुर जिसीलाई विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यमा मनोनित गरेको थियो । शिक्षक अभिभावक संघको अध्यक्षमा भने यसअघि नै मथुराप्रसाद श्रेष्ठ निर्वाचित भएका थिए ।

नवगठित विद्यालय व्यवस्थापन समितिलाई बधाई दिदै, पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले शिक्षा क्षेत्रलाई राजनीतिभन्दा टाढा राख्नु पर्ने सुझाव दिए । राजनितिक आस्थाका कारण कतिपय विद्यालयमा व्यवस्थापन समिति गठनमा सकस हुने गरेको उल्लेख गर्दैअध्यक्ष थापाले विद्यालय सुधारको योजनामा कुनै पनि वाद हावी हुन नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->