बागलुङ/आठौं बागलुङ महोत्सवमा भएको पुरुष भलिबल प्रतियोगिताअन्र्तगत शुक्रबार काठेखोला गाउँपालिका र होटल समीट धौलागिरि विजयी भएका छन् ।
शुक्रवारको पहिलो खेलमा काठेखोला गाउँपालिकाले बागलुङ नगरपालिकालाई ३–२ सेटमा जित निकालेको हो । काठेखोलाले २५–१८,२६–२४, १९–२५, २१–२५ र १५–१३ को सेटमा जित निकालेको हो । शुरुवातका दुइ खेल लगातार जितेको काठेखोलाले जित निकाल्न पाँचौ खेल पर्खनुपरेको थियो । यद्यपी प्रतिस्पर्धात्मक खेलले दर्शकलाई रौनकता थपेको थियो ।
दोश्रो खेलमा होटल समीटले बिहुँकोट स्पोर्ट क्लबलाई पराजित गरेको हो । समीटले भने बिहुँकोटलाई सोझो तीन सेटमा जितेको थियो । खेलमा समीटले २५–१२, २८–२६ र २५–२२ को सेटमा जित हात पारेको हो । खेल जित्ने टिमले २ लाख नगद पुरस्कार पाउनेछन् ।





