बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यार्थीको सीप विकासका लागि राष्ट्रिय सम्मेलन हुने

विद्यार्थीको सीप विकासका लागि राष्ट्रिय सम्मेलन हुने


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८२, शुक्रबार

पोखरा /  विद्यार्थीहरुलाई जीवन उपयोगि सीप विकासका लागि पोखरामा राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ । क्वेष्ट नेपालले विद्यार्थीका गुणीय चक्रको विकासका लागि राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ ।

उक्त सम्मेलनको १९ औं संस्करण पोखराको सेन्ट मेरिज स्कुलमा आगामी पुस ३० गतेदेखी माघ २ गतेसम्म हुने भएको छ । सम्मेलनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संयोजक नारद कुमार रिजालले देशभरका ७४ विद्यालयका विद्यार्थी र शिक्षकको सहभागिता हुने जानकारी गराए । विद्यार्थीलाई सर्व गुण सम्पन्न बनाउनका लागि आयोजना गर्न लागिएको सम्मेलनमा विद्यार्थी भित्रको समस्याको पहिचात गरि त्यसको समाधानको उपाय खोजिनेछ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा समस्याको समाधान कार्य प्रतिवेदन प्रस्तुतिकरण हुनेछ । सम्मेलनमा विद्यार्थीले विभिन्न गतिविधिहरु केस स्टडी, प्यानल डिस्कसन, कोलाबेरेटिभ आर्ट, कोलाज, एआई वर्कसप, दिगो विकास कार्यशाला लगायत हुनेछन् । संयोजक रिजालका अनुसार ति बाहेक पोखराका विभिन्न स्थानको भ्रमण, मनशा स्मृति सर्व गुणीय अवार्ड र ट्रेजर हन्टमा समेत भाग लिनेछन् । ‘अबको समयमा विद्यार्थी खाली किताबी ज्ञानमा मात्रै सिमित हुने होइन । विद्यार्थी गुणीय चक्र विद्याथप्एलाई सर्व गुण सम्पन्न व्यक्ति बनाउने शैक्षिक कार्यक्रम हो’ उनले भने, ‘देशका विभिन्न शैक्षिक संस्थाहरुमा एक नविनतम शैक्षिक चिन्तनको रुपमा लागु भइरहेको छ ।’

सम्मेलनमा ७४ विद्यालयबाट ६ जना विद्यार्थी र एक जना शिक्षक सहभागि हुनेछन् । जसमा कुल ६ सय विद्यार्थी, एक सय पर्यवेक्षक, अन्तर्राष्ट्रिय पर्यवेक्षक (भारत), शिक्षाविद् लगायतको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->