बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कामना सेवा विकास बैंकद्वारा लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान

कामना सेवा विकास बैंकद्वारा लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान


  • ढाेरपाटन संवाददाता
  • पुष २३ २०८२, बुधबार

पोखरा / कामना सेवा विकास बैंकले कास्कीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई स्टेसनरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा प्रधानाध्यापक पौडेलले सामाजिक, आर्थिक रूपले पिछडिएका तथा गरिब र विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने बताए । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने बताए । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->