पोखरा/पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ७९ औं बार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही पुस २७ गते मनाउने बार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
पुस २६ गते छैंटौं संस्करणको रक्तदान कार्यक्रम गर्न लागेको विद्यालयले जनाएको छ । विद्यार्थीलाई रक्तदानका विषयमा सचेतना जगाउन र पोखरामा देखिएको रगतको अभावलाई केही न्युन गर्न शनिबार विहान विद्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक शिक्षक जयराम पुनले जानकारी दिए ।
पोखरा महानगरका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुने मुल समारोहमा उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी सम्मानसहित विविध साँस्कृतिक कार्यक्रम हुँदैछ ।




