पोखरा/आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं. २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् । मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् ।





