बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार

लमजुङमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार


  • ढाेरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

पोखरा /फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको छ ।

लमजुङमा एकमात्र निर्वाचन क्षेत्र छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको विवरण अनुसार उम्मेदवारी दर्ता गर्नेहरुा राप्रपाका केबिन्द्रजंग गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ र नेपाली कांग्रेसका गमप्रसाद गुरुङ छन् । यसैगरी नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मराज केसी, एमालेबाट पृथ्वीसुव्वा गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

नेशनल रिपब्लिक नेपालका भरत गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेपाल कम्युनिष्ट पार्टी माओवादीका रबिन्द्र नखोला, मंगोल नेशनल अर्गानाईजेशनका विकास गुरुङ, स्वतन्त्र सन्तोष घिमिरे र नेपाली कम्युनिष्ट पार्टीका हरिजंग तामाङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->