तनहुँ / तनहुँ निर्वाचन क्षेत्र नम्बर–२ मा उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेलाई सघाउने घोषणा गरेका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले उनेपाबाट उम्मेदवारी दर्ता गराएका थिए । दुलेगौंडा स्थित रास्वपा पार्टी कार्यालयमा पुगेर गुरुङले न्यौपानेलाई सघाउने बताएका थिए । आफुले परिवर्तनका लागि चालेको कदममा आफ्नो निर्णय उचित रहेको र यो नितान्त व्यक्तिगत कुरा रहेको गुरुङले जनाएका छन् ।





