शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२६ औं आदर्श कप : होराइजन क्लब अघिल्लो चरणमा

२६ औं आदर्श कप : होराइजन क्लब अघिल्लो चरणमा


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०८२, आइतबार

पोखरा/कास्कीको लेखनाथमा शुक्रबारदेखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारको खेलबाट स्याङ्जाको होराइजन क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ । होराइजनले आयोजक आदर्श क्लबलाई १–० गोल अन्तरले पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

होराइजन क्लबका जर्सी नं १७ का खेलाडी विश्व थापाले खेलको ८१ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म हुने ८ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा आइतवार पर्वतको गन्नी एफसी र तनहुँ जिल्ला फुटबल संघका टीमबीच हुनेछ ।

शनिबारको खेलमा स्याङ्गजाको होराइजनक्लबका जर्सी नं १७ का खेलाडी विश्व थापा म्यान अफ दी म्याच बन्न सफल भइ ५ हजार पुरस्कार जितेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->