शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अमर आदर्शले जित्यो चिल्ड्रेन लाइफ कपको उपाधि

अमर आदर्शले जित्यो चिल्ड्रेन लाइफ कपको उपाधि


  • ढाेरपाटन संवाददाता
  • माघ १२ २०८२, सोमबार

बागलुङ/चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिताको उपाधि अमर आदर्श आवासिय माध्यामिक विद्यालयले जितेको छ । सोमबार बाङेचौर खेल मैदानमा सम्पन्न फाइनल खेलमा प्रतिद्वन्दी आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयलाई ०–१ गोलले पराजित गर्दै अमर आदर्शले उपाधि जितेको हो ।

निकै नै प्रतिष्पर्धात्मक फाइनल खेलमा प्रदिप परियारले दोस्रो हाफको अतिरिक्त समयमा निर्णायक गोल गर्दै अमर आदर्शलाई उपाधि दिलाउन सफल भए । विजेता अमर आदर्शले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

उपाधि दाबेदार मानिएको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुललाई सेमीफाइनल खेलमा ट्राइबेकरमा पराजित गरेर सनसनी मच्चाएको आदर्श विद्यामन्दिरले फाइनलमा भने कुनै जादु देखाउन नसक्दा उपविजेता सिमित बन्न पुग्यो । उपविजेता आदर्श विद्यामन्दिरले ३३ हजार ३ सय ३३ रुपैयाँ नगर पुरस्कारसहित ट्रफी र मेडलमा चित्त बुझाउन बाध्य भयो ।

अमर आदर्शले बलियो प्रतिद्वन्दी न्यु ओयसिस एकेडेमीलाई ०–२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिएको प्रतियोगिता आयोजक चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबका उपाध्यक्ष तथा खेल संयोजक जीवन रोका क्षेत्रीले जानकारी दिए । रोकाका अनुसार, खेलमा सेमीफाइनल यात्रा गर्ने विद्यालयलाई १० हजार रुपियाँका दरले यातायात प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->