शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२६ औं आदर्श कप : आजदेखि सेमीफाइनल

२६ औं आदर्श कप : आजदेखि सेमीफाइनल


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०८२, मंगलबार

पोखरा/कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलवारदेखि सेमीफाइनलका खेल हुने भएका छन् ।

सोमबार क्वाटर फाइनलको अन्तिम खेलबाट जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिम अघिल्लो चरण सेमीफाइनलमा प्रवेश गरेको छ । म्याग्दीले सशस्त्र प्रहरी बल ए पी एफ पोखरालाई १–० गोल अन्तरले पछाडि पार्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका जर्सी नं ९ का खेलाडी सनम विकले खेलको ८२ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । सोमवारको म्यान अफ दी म्याच बन्न सफल विकलाई कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरप्रसाद गुरुङको हातबाट पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

८ टिमको सहभागीता रहेको यस प्रतियोगितामा मंगलबार१ बजे तनहु जिल्ला फुटबल विकास समिति र नेपाल प्रहरी गण्डकी प्रदेशको टीमबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->