शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुलिसविरुद्ध जित्नै पर्ने दबाबमा गण्डकी

पुलिसविरुद्ध जित्नै पर्ने दबाबमा गण्डकी


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०८२, मंगलबार

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसीपमा घरेलु टोली गण्डकी प्रदेशले अब २ खेल खेल्न बाँकी छ । गण्डकी प्रदेशले आज नेपाल पुलिस विरुद्ध खेल्दै छ भने राउन्ड रोविन लिग चरणको अन्तिम खेलमा अर्को घरेलु टोली पर्वत जिल्ला भलिबल संघको सामना गर्दैछ ।

जारी प्रतियोगितामा गण्डकी प्रदेशले ३ खेल खेल्दा २ जीत १ हार सहित कुल ६ अंक जोडेको छ । तर, फाइनलसम्म पुग्नका लागि यो अंक पर्याप्त छैन । गण्डकीले सोमबार विभागीय क्लब त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हराउँदै ३ अंक जोडेपछि फाइनलसम्म पुग्ने ढोका खुला गरेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो ।

जीतसँगै गण्डकी शीर्षस्थानमा उक्लिएको छ । आर्मीले भने लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पहिलो खेलमा एपिएफले गण्डकीलाई सोझो सेटमा हार व्यहोरेपछि गण्डकीलाई अबको एक खेल सोझो सेटमा जित्नै पर्ने अवस्था आइलागेको हो । दोस्रो खेलमा माल्दिभ्सविरुद्ध स्पष्ट ३ अंक जोडेको थियो । आज पुलिस र गण्डकीबीच खेल हुँदैछ । उक्त खेलमा गण्डकीले ३–१ वा ३–० को सेटमा जित हासिल गरे अझ सहज हुनेछ । त्यसपछि पर्वत भलिबल संघविरुद्ध ३–२ को जित हासिल गरेमा फाइनलको यात्रा कायम गर्ने सम्भावना छ ।

पुलिसभन्दा पर्वतको टिम बलियो भएका कारण आज पुलिस विरुद्ध स्पष्ट ३ अंक जोड्ने दाउमा गण्डकी रहनेछ । ‘हामीले आज स्पष्ट ३ अंक जोड्ने प्रयास गर्नेछौं । पुलिसविरुद्ध अंक नदिने हाम्रो लक्ष्य छ,’ गण्डकी प्रदेशका प्रशिक्षक रमेश केसीले भने । २ जीत १ हारका साथ एपिएफ दोस्रो स्थानमा रहेको छ भने २ जितका साथ पर्वत ५ अंकसहित तेस्रो स्थानमा छ । पुलिसको १ जित १ हारसहित ४ अंक रहेको छ । १ जीत २ हारसहित ३ अंकका साथ आर्मी पाँचौ तथा ३ हारसहित मालदिभ्स अकंविहीन हुँदै पुछारमा छ ।

उता महिलातर्फ न्यू डायमण्ड ६ अंकका साथ शीर्षस्थानमा रहँदा ५ अंकसहित एपिएफ दोस्रो स्थानमा रहेको छ । पुलिस क्लब ४ अंकसहित तेस्रो तथा थाइल्याण्ड क्विन्स चौथो स्थानमा छ । अंकविहीन आर्मी पुछारमा रहेको छ । त्यसअघि भएको खेलमा महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकाल्यो । पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । महिलातर्फ एपीएफले त्रिभुवन आर्मी क्लबलार्य पराजित गरेको थियो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै दोस्रो जित दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->