शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा एन्फाको ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम

बागलुङमा एन्फाको ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम


  • ढाेरपाटन संवाददाता
  • माघ १३ २०८२, मंगलबार

बागलुङ/अखिल नेपाल फुटबल संघ (एन्फा) को ‘फिफा फुटबल फर स्कूल्स’अन्तर्गत जिल्लाका ६ विद्यालयलाई फुटबल वितरण गरिएको छ । जिल्ला फुटबल संघ बागलुङले यहाँका ६ विद्यालयलाई फुटवल प्रदान गरेको हो ।

अनलाइनमार्फत फारम भरि छनौटमा परेका गुराँश विद्या सदन, अमर आदर्श आवासिय माध्यामिक विद्यालय, आदर्श विद्या मन्दिर मावि, चिल्डे«न लाइफ इङ्लिस बोर्डिङ स्कुल, फ्युचार ब्राइटर बोडिङ र रुदे्रपीपल माविाई १५÷१५ थान फुटबल प्रदान गरिएको हो ।

अखिल नेपाल फुटवल संघ (एन्फा)का केन्द्रिय उपाध्यक्ष दावा लामाको उपस्थितिमा विशेषगरी ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाले खेल्ने गरी फुटबल वितरण गरिएको जिल्ला फुटवल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै एन्फाका केन्द्रिय उपाध्यक्ष दावा लामाले फुटवल विश्वकै लोकप्रिय खेल भएकाले बालबालिकाको क्षमता विकासका लागि ‘फिफा फुटबल फर स्कूल्स’ सञ्चालन गरिएको बताए । यो कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउने बताउँदै लामाले फिफा फुटबल कलेज गर्ने तयारीमा रहेको योजना सुनाए ।

कार्यक्रममा गुराँश विद्या सदनका प्रिन्सिपल निशान खड्काले बोलेका थिए । कार्यक्रम बागलुङ जिल्ला फुटवल संघका अध्यक्ष जय राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष राहुल बोहराको स्वागत र महासचिव रेशम गोतामेको सञ्चालनमा सम्पन्न भएको थियो ।

विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो । विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।

यस कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समेत सहकार्य रहेको छ । विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रुपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको हो ।

‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम र फुटबललाई शिक्षणको माध्यमका रूपमा प्रयोग गरी जीवनोपयोगी सीपहरू सिकाइने जिल्ला फुटबल संघ बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->