शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सफल पोखरा म्याराथनको तयारी तीव्र

सफल पोखरा म्याराथनको तयारी तीव्र

म्याराथनमा पहिलो हुने धावकले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८२, बुधबार

पोखरा/आगामी फागुन २ गते आयोजना हुने २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ । आयोजक संस्था भूतपूर्व खेलाडी मञ्चले म्याराथनलाई भव्य बनाउनका निम्ति सबैखाले तयारी थालेको हो । म्याराथन पोखरा रंगशालाबाट सुरु हुने र यसपटक नयाँ रुटमा दौडिँदै बाराहीघाट चोकमा पुगेर समापन हुने भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।

सुजल डेरी प्रालीको ‘सफल दूध’ मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । म्याराथनमा पहिलो हुने धावकले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

‘स्वास्थ्यका लागि, पोखराका लागि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिता पहिलोपटक ‘म्याराथन नेपाल’ विधा समावेश गरिएको छ भने गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न ‘गण्डकी उत्कृष्ट’ विधाको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा मुख्य म्याराथनसँगै महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर दौड, ५ किलोमिटर छात्र–छात्रा दौड, ४५ वर्षमाथिको भेट्रान दौड, ह्विल चियर र दृष्टिविहीनतर्फका प्रतिस्पर्धाहरू समेत समावेश गरिएका छन् । यी सबै विधाहरूमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

मुख्य प्रायोजक सुजल डेरीले खेलकुद र स्वास्थ्यको सम्बन्धलाई मजबुत बनाउन यो सहकार्य गरेको बताएको छ । उपभोक्ताको पौष्टिकता र सहजतालाई ध्यानमा राखेर दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको सफल दूधले पछिल्लो एक दशकदेखि खेलकुद क्षेत्रमा निरन्तर सहयोग पु¥याउँदै आएको छ ।

पोखराको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ । मोफसलमा हुने सबैभन्दा ठूलो म्याराथनका रूपमा स्थापित यस कार्यक्रमले पोखरालाई खेलकुद पर्यटनको केन्द्र बनाउन मद्दत पु¥याएको छ । सुजल डेरीले सम्पूर्ण पोखरेलीलाई फागुन २ गते हुने म्याराथनमा सहभागी हुन र ‘स्वास्थ्यका लागि, पोखराका लागि’ दौडिन आह्वान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->