पोखरा/नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा तनहुँ जिल्ला फुटबल विकास समितिको टोलीलाई १–० गोलले पराजित गर्दै प्रहरीले फाइनल यात्रा तय गरेको हो ।
अब नेपाल प्रहरी गण्डकी प्रदेशको टोली माघ १६ गते हुने फाइनल खेलमा होराइजन क्लब स्याङ्जा र जिल्ला खेलकुद विकास समिति म्याग्दीबीच बुधबार हुने खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।





