शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

न्यू डायमण्ड र पुलिस उपाधिका लागि भिड्दै

न्यू डायमण्ड र पुलिस उपाधिका लागि भिड्दै

पर्वत जिल्लाको सामना गर्दै गण्डकी प्रदेश


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८२, शुक्रबार

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस भिड्दैछन् । उता महिलातर्फै थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पा¥यो । थाइल्याण्डले चौथो सेट २३–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–११ ले आफ्नो आफ्नो पक्षमा पार्दै थाइल्याण्ड तेस्रो बन्यो ।

यस्तै पुरुषतर्फ आज फाइनल प्रवेशका लागि गण्डकी प्रदेश भलिबल संघले पर्वत जिल्ला भलिबल संघको सामना गर्दैछ । दुवै टिमलाई फाइनल प्रवेशका लागि जित्नै पर्ने दबाब छ ।

बिहिबार नै नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनलाई सोझो सेटमा हराउँदा गण्डकी र पर्वतलाई दबाब बढेको हो । जितसँगै पुलिसले फाइनलको सम्भावनालाई जिवितै राखेको छ । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वत बिचको खेलमा स्पष्ट ३ अंक जोड्न नसकेको खण्डमा वा पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

यस्तै त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपीएफलाई ३–२ को सेटमा हराए संगै दुवै टोलीको फाइनल यात्रा यहि टुंगिएको छ । पहिलो सेट २५–१९ ले जितेको आर्मीले लगातार दुइ सेट गुमायो । एपिएफले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेपनि चौथो सेटमा पुनरागमन गर्दै आर्मीले २५–१७ जित निकालेको थियो । पाँचौ सेटमा १८–१६ को जित हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->